उदयपुरको बेलका नगरपालिका ३ बुद्धचौकीस्थित एक छात्राको शव फेला परेको छ ।
विद्यालयमा एसईई तयारीका लागि अतिरिक्त कक्षा लिन विहान ४ बजे विद्यालय गएकी १५ वर्षीया कविता सुनवारको शव फेला परेको हो । उनको शव बाटोमा पर्ने जसोधा खोलामा भेटिएको हो ।
प्रहरीले हत्या आशंकामा अनुसन्धान अगाडी बढाएको छ ।
२२ चैत २०७८, मंगलबार १५:०८ मा प्रकाशित