९ असाेज २०७९, आईतबार
५० फिट गहिरो इनारमा खसेकी महिलाको सकुशल उद्धार
  • मध्यमार्ग

प्रहरीले ५० फिट गहिरो इनारमा खसेकी एक महिलाको सकुशल उद्धार गरेको छ।

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–३ मित्रचोकस्थित हरि श्रेष्ठको घरमा डेरा गरी ४५ वर्षीया पेमा शेर्पाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ। उनको स्थायी ठेगाना सिन्धुपाल्चोक तातोपानी हो।

उनी सोमबार दिउँसो साढे २ बजेतिर हराइरहेको भन्ने मौखिक सूचनाका आधारमा प्रहरीले उनको खोजी थालेको थियो।

महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठबाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको टोलीले खोज तलास गर्ने क्रममा उनलाई सोमबार साँझ ५:५५ बजे हरि श्रेष्ठको घरमा रहेको इनारभित्र अचेत अवस्था भेट्टाएको थियो।

त्यसपछि प्रहरी प्रधान कार्यालय विपद व्यवस्थापन महाशाखा सामाखुशीबाट प्रहरी निरीक्षकको कमाण्डामा १० जनाको प्रहरी टोली उद्धारका लागि पुगेको थियो।

शेर्पालाई १७ जनाको प्रहरी टोलीले अन्दाजी ५० फिट गहिरो इनारबाट ६:३५ बजेतिर बाहिर निकालेको थियो। उनलाई उपचारका लागि बूढानीलकण्ठ नगरपालिका–१३ स्थित करुणा अस्पतालमा लगि उपचार भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए। महिला अहिले बोल्न सक्ने अवस्थामा छन्।

घटना कसरी भयो र उनी कसरी इनारभित्र परिन् भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • २१ चैत २०७८, सोमबार २२:११ मा प्रकाशित
  • Nabintech