२० असाेज २०७९, बिहीबार
बिहे गर्ने बहानामा ४२ लाख झ्वाम, समातिए लोकबहादुर
  • मध्यमार्ग

बिहे गर्ने प्रलोभन देखाएर एक महिलाबाट ४२ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

महानगरीय प्रहरी अपराध महाशाखको टोलीले रामेछापको साघुँटार नगरपालिका–३ घर भएका ५२ वर्षीय नवीन भनिने लोकबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो।

उनलाई काठमाडौंको विशालनगरबाट आइतबार पक्राउ गरिएको महाशाखाका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले बताए।

उनले विवाह गर्ने प्रलोभन देखाएर कहिले आफू बिरामी भएर अस्पताल भर्ना भएको र कहिले झारफुक गर्न पैसा चाहिएको भन्दै पटक पटक गरेर ४२ लाख ३४ हजार रुपैयाँ ठगी गरेको एसपी कोइरालाले बताए।

पीडितको जाहेरीपछि प्रहरीले श्रेष्ठको खोजी तीब्र पारेको थियो। पक्राउ परेका श्रेष्ठलाई कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ।

  • २१ चैत २०७८, सोमबार १७:३६ मा प्रकाशित
  • Nabintech