९ असाेज २०७९, आईतबार
सिन्धुपाल्चोकको बाह्रबिसेमा ग्याँस सिलिन्डर पड्किँदा तीन बालबालिकाको मृत्यु
  • मध्यमार्ग

प्रतिकात्मक तस्विर।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वाँरामा ग्याँस सिलिन्डर पड्केर आगलागी हुँदा तीन बालबालिकाको जलेर मृत्यु भएको छ।

लामा टोलका स्थानीय मिनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा ग्याँस सिलिन्डर पड्केपछि आगलागी भएको प्रहरीले जनाएको छ।

घटनामा उनका छोरा १० वर्षीय इशाक, भाइ कुमारको ६ वर्षीय छोरा सरगम र छिमेकी पदमको साढे २ वर्षकी छोरी दिव्याको जलेर मृत्यु भएको वडाध्यक्ष सुरज लामाले जानकारी दिए।

आगोमा जलेर उनीहरूको घरभित्रै मृत्यु भएको हो। घटनामा मिनबहादुर पनि गम्भीर घाइते भएका वडाध्यक्ष लामाले बताए।

घाइते मिनबहादुरलाई उपचारको लागि अस्पताल लगिएको छ। प्रहरी र स्थानीयले आगो निभाउने प्रयास गरिरहेका छन्।

  • २० चैत २०७८, आईतबार २१:३९ मा प्रकाशित
  • Nabintech