१० मंसिर २०७९, शनिबार
पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता, आइतबारदेखि निगमका सबै डिपो खुल्ने
  • मध्यमार्ग

आन्दोलनमा उत्रिएका पेट्रोलियम व्यवसायीले आन्दोलन फिर्ता लिएका छन्।

शनिबार नेपाल आयलग निगम र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन, नेपाल एलपी ग्यास उद्योग संघ तथा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका प्रतिनिधिबीच वार्ता भएपछि आन्दोलन स्थगित भएको हो।

वार्तापछि पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधान हुने भएको छ। उपभोक्ताहरूलाई सहज र सरल ढंगले पेट्रोलियम पदार्थ उपलब्ध गराउन निगमका सम्पूर्ण डिपो कार्यालयहरू आइतबार बिहान ८ बजेबाट नै सञ्चालन गरिने जनाइएको छ।

वार्ताको क्रममा व्यवसायीहरुले उठाएका मागहरुमध्ये पेट्रोलियम बिक्रेता कमिसनसम्बन्धी र ग्यासको ढुवानी भाडा समायोजनको सम्बन्धमा ७ दिन भित्र उचित निष्कर्ष निकाल्ने सहमति भएको आयल निगमका प्रवक्ता विनित मणि उपाध्यायले जानकारी दिए।

यस्तै, पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेठ १५ सम्ममा सक्ने गरी आवश्यक कार्य गर्ने सहमति भएको जनाइएको छ।

सहमतिपछि आन्दोलनरत व्यवसायीहरु सबै विरोधका कार्यक्रमहरू शनिबारदेखि स्थगन गरी पेट्रोलियम पदार्थ, एलपी ग्यासको ढुवानी तथा बिक्री वितरणको कार्यलाई यथावत् रूपमा सञ्चालन गर्न तयार भएका छन्।

यस्तो छ वार्तापछि जारी विज्ञप्ति :

  • १९ चैत २०७८, शनिबार २१:५९ मा प्रकाशित
  • Nabintech