९ असाेज २०७९, आईतबार
ढिस्कोले पुरेर भक्तपुरमा दुई जनाको मृत्यु
  • मध्यमार्ग

प्रतिकात्मक तस्वीर।

भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीमा भिरालो जग्गा प्लटिङको पर्खाल लगाउने क्रममा ढिस्कोले पुरेर दुई मजदुरको मृत्यु भएको छ।

मृत्यु हुनेमा काभ्रेपलाञ्चोक चौरी देउराली गाउँपालिका–३ घर भई भक्तपुर बस्ने ५० वर्षीय वर्षमान तामाङ र काभ्रेकै नमोबुद्ध नगरपालिका–९ घर भई भक्तपुर बस्ने ३२ वर्षीय चतुरमान तामाङ रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका डीएसपी राजु पाण्डेले जानकारी दिए।

उनका अनुसार जग्गामा पर्खाल लगाउने क्रममा आएको ढिस्कोले पुर्दा उनीहरूको मृत्यु भएको हो। जग्गा प्लानिङ हो भन्ने बारेमा यकिन जानकारी नआएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

भिरालो जग्गालाई सम्याएर पुरेको माटाको ढिस्को माथिबाट खसेर पर्खाल लगाउँदै गरेका मजदुर पुरिएको जानकारी प्रत्यक्षदर्शीले बताएका छन्।

  • १९ चैत २०७८, शनिबार ०९:५२ मा प्रकाशित
  • Nabintech