२० असाेज २०७९, बिहीबार
आईओसीले घटाएर पठायो पेट्रोलको मूल्य, नेपालमा पनि घट्ला?
  • मध्यमार्ग

​इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ।

शुक्रबार (अप्रिल १ तारिख–चैत १८) पठाएको नयाँ मूल्यसूची अनुसार लगातार बढिरहेको पेट्रोलको मूल्य सामान्य घटेको नेपाल आयल निगमले जनाएको छ।

नयाँ मूल्य सूचीमा पेट्रोलको मूल्य १ रुपैयाँ ४८ पैसाले घटेर आएको छ।

यता, डिजेलको मूल्य भने प्रतिलिटर २ पैसाले बढेर आएको छ। यस्तै, मट्टितेलको मूल्य लिटरमा २२ रुपैयाँ १९ पैसाले बढेर आउँदा हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ २३ पैसाले बढेर आएको निगमले जनाएको छ।

लगातार बढिरहेको डिजेल र पेट्रोलको मूल्यवृद्धि रोकिए पनि खाना पकाउने एलपी ग्यासको मूल्य भने सिलिन्डरमै २७३ रुपैयाँ ३८ पैसाले बढेर आएको छ।

निगमका अनुसार हाल पेट्रोल प्रतिलिटर २७ रुपैयाँ र डिजेलमा ३२ रुपैयाँ घाटा छ। मट्टितेलमा १ रुपैयाँ ९९ पैसा नाफा र हवाई इन्धनमा आन्तरिकतर्फ १२ रुपैयाँ ८४ पैसा तथा बाह्यतर्फ ६१ रुपैयाँ नाफा छ।

यता, एलपी ग्यासमा ९५३ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ। हालको मूल्यसूची अनुसार १५ दिनमा १५ दिनमा ५ अर्ब २१ करोड घाटा हुने निगमको भनाइ छ। आईओसीले नयाँ मूल्यसूची दिएसँगै निगमको घाटा प्रतिमहिना १० अर्ब नाघेको छ।

  • १८ चैत २०७८, शुक्रबार १८:५५ मा प्रकाशित
  • Nabintech