९ असाेज २०७९, आईतबार
एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री राणाबीच चुनावी तालमेलबारे छलफल
  • मध्यमार्ग

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका महामन्त्री धवल शमशेर राणाबीच चुनावी तालमेलबारे छलफल भएको छ।

बिहीबार बेलुका नेपालगञ्जमा भएको भेटमा दुई नेताबीच यसबारे छलफल भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताएका छन्।

कर्णाली प्रदेशका पहाडी जिल्लाहरूमा पार्टी कार्यक्रममा पुगेका ओली बिहीबार नेपालगञ्ज बसेका थिए।

भेटवार्तामा स्थानीय तहको निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने विषयमा पनि छलफल भएको उनले बताए।

  • १८ चैत २०७८, शुक्रबार ०९:३५ मा प्रकाशित
  • Nabintech