२० असाेज २०७९, बिहीबार
स्रोत नखुलेको ८ लाख नगदसहित दुई जना पक्राउ
  • मध्यमार्ग

सशस्त्र प्रहरीले महोत्तरीको सोनमा गाउँपालिका ३ स्थित सीमा ईलाकाबाट स्रोत नखुलेको ८ लाख १५ हजार नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा २४ वर्षीय सुनिल महतो र २६ वर्षीय अनिल महतो रहेका छन्।

प्रदेश नम्बर ०२–०२–००२ प ९३५ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बीओपी रघुनाथपुरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि चेकजाँच गरेको थियो।

चेकजाँच गर्दा उनीहरुको साथबाट उक्त रकम फेला परेको हो। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • १७ चैत २०७८, बिहीबार २१:५६ मा प्रकाशित
  • Nabintech