नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘सूर्यविनायक हरित कृषि तथा थोक बजार प्रालि’को उद्घाटन गरेका छन् ।
व्यवसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले भक्तपुरको सूर्यविनायकमा सञ्चालनमा ल्याएको परियोजनाको अध्यक्ष ओलीले वुधबार एक वृहत समारोहका बीच उद्घाटन गरेका हुन् ।
समारोहमा व्यवसायी दुर्गा प्रसाईंले भक्तपुरको सूर्यविनायकमा ५० रोपनी क्षेत्रफलमा रु दुई अर्बको लगानीमा कृषि तथा तरकारी बजार सञ्चालनमा ल्याएको बताए ।

१६ चैत २०७८, बुधबार १८:०१ मा प्रकाशित