१० मंसिर २०७९, शनिबार
स्थानीय निर्वाचनमा गठबन्धन गर्ने कांग्रेसको निर्णय

निर्वाचन परिचालनमा खड्का, प्रचारमा महत संयोजक तोकिए

  • मध्यमार्ग

नेपाली कांग्रेसले आउँदो स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ।

मंगलबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले स्थानीय आवश्यकता र अवस्थाअनुसार गठबन्धन गर्ने निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए।

चार दिनसम्म चलेको केन्द्रीय समिति बैठकपछि निर्णय सुनाउँदै प्रवक्ता महतले सर्वसम्वत रुपमा गठबन्धन गर्ने निर्णय भएको बताए।

स्थानीय तह निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा विजयी हुने आधार तय भएको, घर घर जाउँ, नेपाली कांग्रेस जिताऔं अभियानले उत्साह थपेको भन्दै उनले सबैलाई जुट्न अपिल गर्ने निर्णय गरेको  बताए।

निर्वाचन परिचालनमा खड्का, प्रचारमा महत
कांग्रेसले उपसभापति पूर्णबहादुर खड्कालाई स्थानीय तहको निर्वाचन लक्षित निर्वाचन परिचालन समितिको संयोजक बनाएको छ।

बाँकी सदस्य भने सभापति शेरबहादुर देउवाले आवश्यकताअनुसार थप्ने बताइएको छ।

यसैगरी, उक्त निर्वाचनको केन्द्रीय प्रचार प्रसार समितिको संयोजकमा प्रवक्ता डा प्रकाशशरण महतलाई तोकिएको छ।

  • १५ चैत २०७८, मंगलबार १८:१९ मा प्रकाशित
  • Nabintech