९ असाेज २०७९, आईतबार
डीएसपी रिमाल बने फागुन महिनाको उत्कृष्ट प्रहरी
  • मध्यमार्ग

ईलाका प्रहरी कार्यालय गजुरी धादिङका प्रमुख, डीएसपी भावेश रिमाले फागुन महिनाको उत्कृष्ट प्रहरी बनेका छन्।

जिल्ला प्रहरी कार्यालय धादिङले उनलाई फागुन महिनाको उत्कृष्ट प्रहरीको उपाधि दिँदै पुरष्कृत गरेको छ।

नेपाल प्रहरीको विभागीय नीति निर्देशन अनुरुप कर्तव्य पालना र आफूलाई सुम्पिएको जिम्मेवारी प्रशंसनीय एवं उत्कृष्ट तवरले कार्यसम्पादन गरी संगठनको छविलाई उच्च राख्ने कार्य गरेको भन्दै उनलाई उत्कृष्ट प्रहरीको उपाधि दिइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

  • १५ चैत २०७८, मंगलबार १५:४५ मा प्रकाशित
  • Nabintech