९ असाेज २०७९, आईतबार
इटहरीमा बम विस्फोट, दुई जना घाइते
  • मध्यमार्ग

सुनसरीको इटहरी-२ नवजागृति टोलमा बम विस्फोट हुँदा दुई जना घाइते भएका छन्।

गएराति भएको विस्फोटमा परेर२२ वर्षीय रविन थापा र लमजुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते प्रहरीले जनाएको छ।

थापाको अँखामा चोट लागेकाले विराटनगरको आँखा अस्पताल र गुरुङको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

प्रहरी स्रोतका अनुसार त्यहाँ सुतली बम विस्फोट भएको थियो। घटनास्थलबाट प्रहरीले हिमाल सुरक्षा परिषद नेपालको पर्चा बरामद गरेको छ।

सुनसरीका एसपी सञ्जय थापाका अनुसार विस्फोटमै पर्नेमध्येका एक जनाले बम ल्याएका थिए। विस्फोट कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको थापाको भनाइ छ।

हिमाल सुरक्षा परिषद् भर्खरै सशस्त्र युद्धको घोषणा गरेको संगठन हो।

संघीयता खारेज, ५ विकास क्षेत्र कायम गरिनुपर्ने, हिन्दु राष्ट्रिय कायम गर्नुपर्ने, नागरिकता छानबिन गर्नुपर्ने, भारत–चीन सीमा विवाद समाधान गरिनुपर्ने, स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने, एमसीसी सम्झौता खारेज गरिनुपर्ने लगायतका माग संगठनले राखेको छ।

  • १५ चैत २०७८, मंगलबार १०:५० मा प्रकाशित
  • Nabintech