सानिमा बैंक लिमिटेडले र्याडिसन होटल, द एभरेष्ट होटल, होटल अकामा र अलफ्ट काठमाडौं ठमेलसँग होटलको सेवाहरुमा बैंकका ग्राहकलाई छुट दिने विषयमा सम्झौता गरेको छ।
उक्त सम्झौतापश्चात् सानिमा बैंकका ग्राहकहरुले सानिमा भिसा कार्ड (डेबिट/क्रेडिट) र सानिमा सजिलो इबैंकिङ प्रयोग गरी भुक्तानी गर्दा र्याडिसन होटलमा १० प्रतिशत, द एभरेष्ट होटलमा १५ प्रतिशत, होटल अकामामा २० प्रतिशत र अलफ्ट काठमाडौं ठमेलमा १५ प्रतिशत छुट पाउनेछन्। यी होटलहरुमा प्रदान गरिने विभिन्न सेवाहरुमा छुट उपलब्ध हुनेछन्।
सानिमा बैंकको क्रेडिट कार्ड लिनलाई बैंकको वेबसाइट बाट आवेदन दिन सकिने बैंकले जनाएको छ। सानिमा बैंकको देशका सातै प्रदेशमा १२६ वटा कार्यालय तथा ११४ वटा एटीएम सञ्चालनमा रहेका छन्।
१५ चैत २०७८, मंगलबार १०:०५ मा प्रकाशित