९ असाेज २०७९, आईतबार
स्किल वीकको तेस्रो संस्करण सम्पन्न, ४ विधामा नबिल स्किल हिरोको घोषणा
  • मध्यमार्ग

स्किल वीक २०२२, तेस्रो संस्करण सम्पन्न गरेको छ। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको उपस्थितिमा समापन गरिएको समारोहमा उद्यमीहरू, सरकारी कूटनीतिज्ञहरू, र १०० बढी इच्छुक उत्साहीहरुको उपस्थिति थियो।

एक हप्ते कार्यक्रममा विभिन्न सीपमूलक तालिमहरुलगायत सीपयुक्त कार्यशाला, तालिम, केस स्टडी, लगायत मनोरञ्जनलाई मध्यनजर गरी सीपलाई विभिन्न आयामबाट प्रस्तुत गर्ने कोशिस गरिएको थियो।

कलकारखाना, शैक्षिक संस्था एवम सरकारी निकायसँगको साझेदारीको लक्ष्य लिई तीनै क्षेत्रबाट सीपमूलक रोजगारीका अवसर, बढ्दो सीपप्रतिको महत्त्व, व्यापार, सेवा, आधुनिक प्रविधिदेखि कला तथा संस्कृति झल्किने किसिमले सीपको महत्त्व उजागर गर्ने लक्ष्यसहित कार्यक्रम गरिएको हो।

स्किल विक कार्यक्रम २१ मार्चदेखि २७ मार्चसम्म सञ्चालन भएको थियो। यस कार्यक्रममा ४ फरक सीप क्षेत्रहरू प्रदर्शन गरिएको थियो जसमा कला र संस्कृति, उद्दमशीलता, पर्यटन तथा आतीथ्य, विज्ञान तथा प्रविधि रहेका थिए।

यसैबीच, यिनै चार विधामा चार अत्यन्त प्रेरणादायी व्यक्तित्वहरुलाई नबिल स्किल हिरो अवार्ड २०२२ उपाधिबाट सम्मानित गरिएको थियो।

पहिलो स्तम्भ अर्थात् पर्यटन र आतिथ्यका लागि सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका अध्यक्ष/एमडी लक्ष्मण न्यौपानेलाई सम्मान गरिएको थियो। उनी पर्यटनको क्षेत्रमा प्रभावशाली व्यक्तित्व हुन्।

त्यसैगरी, कला र संस्कृतिको क्षेत्रमा गरेको समर्पणका लागि किरण मानन्धरलाई पनि सम्मान गरिएको थियो। उनी विगत पाँच दशकदेखि नेपालमा समसामयिक कला क्षेत्रमा प्रख्यात छन्।

उद्यमशीलता विधामा लक्ष्मी वुड क्राफ्ट उद्योगका संस्थापक तथा उद्यमी लक्ष्मी शर्मालाई उद्यमशीलताको क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पुरस्कृत गरिएको कम्पनीले जनाएको छ।

विज्ञान र प्रविधि क्षेत्रका लागि, तिलगंगा आँखा संस्थानका संस्थापक र दृष्टिविज्ञ नेत्र रोग विशेषज्ञ सन्दुक रुइतलाई सानो चीरा मोतियाविन्दुको शल्यक्रिया गरेर अफ्रिका र एसियाभरका १ लाख ८० हजारभन्दा बढी मानिसको आँखाको ज्योति पुनर्स्थापना गर्ने प्रयासको लागि सम्मान गरिएको थियो।

नबिल स्किल हिरो–सस्टेनेबल बैंकिङ अवार्ड सुयल बखरा फर्मबाट एकराज सुयललाई सम्मान गरिएको थियो।

सोही दिन समापन समारोहलाई लक्षित गरेर सी ई वो अनप्लग्ड २०२२ नामक भव्य कार्यक्रम सन्चालन गरिएको थियो जसमा व्यापारका चुनौती, अवसर एवम प्रयोगात्मक शिक्षाको महत्व एवम नव आगन्तुक व्यापारका पारखीहरुलाई मार्ग्दिशा प्रदान गर्न २ प्यानेल छलफल सञ्चालन गरिएको थियो।

सीईओ अनप्लग्डको पहिलो प्यानल छलफल ‘रिथिंकिङ स्ट्राटेजिज फर सस्टेनेबल ग्रोथ ब्यालेन्सिङ प्रायोरिटिज’ एवं दोस्रो प्यानलमा छलफल ‘शेपिङ द फ्युचर अफ एक्सिलेरेटेड स्किल्स ट्रान्सफरमेसन’ शीर्षकमा आयोजना गरिएको थियो।

कार्यक्रमको बीचमा राष्ट्रिय केस स्टडी प्रतियोगिताको फाइनल प्रस्तुति पनि सम्पन्न गरिएको थियो।

कार्यक्रम नबिल बैंकसँगको साझेदारीमा सन्चालन भएको थियो। साथै, रणनीतिक साझेदारका रूपमा बागमती प्रदेश, भारतीय राजदूतावास, दक्षता, युरोपेली संघ, ब्रिटिस काउन्सिल नेपाल र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद, एफएनसीसीआई स्टार्टअप र इनोभेसन समिति ज्ञान साझेदारको रूपमा एस इन्स्टिच्युट अफ मेनेजमेन्ट, इन्टरनेट साझेदारको रूपमा लूप नेटवर्क; आधिकारिक होटल साझेदारको रूपमा सोल्टी होटल; एयरलाइन्स साझेदारहरूको रूपमा टर्किस एयरलाइन्स र नेपाल एयरलाइन्स; साझेदारका रूपमा नेपाल टेलिकम, होन्डा, गोल्छा ग्रुप तथा माइक्रोसफ्ट; मनोरञ्जन साझेदारको रूपमा नेपाल आइस; र अन्य सहयोगीहरू राष्ट्रिय वाणिज्य बैंक, डिश होम गो, राष्ट्रिय र रिलायन्स लाइफ इन्स्योरेन्स, पिक न् ड्रप, तथा कोजी होम रहेका थिए।

  • १५ चैत २०७८, मंगलबार ०९:३७ मा प्रकाशित
  • Nabintech