९ असाेज २०७९, आईतबार
धनुषामा मोटरसाइकल दुर्घटना हुँदा ४ बालकको मृत्यु, एक जना घाइते
  • मध्यमार्ग

धनुषाको सबैलामा गए राति भएको मोटरसाइकल दुर्घटनामा चार बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

सबैला नगरपालिका–१२ बरकुर्वामा राति ८ : ३० बजेतिर ज ६ प ६७३९ नम्बरको मोटरसाइकल आफै‌ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार पाँचमध्ये चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

दुर्घटनामा परी सबैला नगरपालिका–२ निवासी १५ वर्षीय राहुल यादव, १२ वर्षीय लक्ष्मी यादव, बौका भनिने विकास यादव र १४ वर्षीय सुमित यादव रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी गम्भीर घाइते भएकालाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पुर्‍याए पनि चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही दुर्घटनामा सबैला–२ निवासी १९ वर्षीय सुरेन्द्र यादव घाइते भएको र उनको प्रादेशिक अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

  • १५ चैत २०७८, मंगलबार ०८:५७ मा प्रकाशित
  • Nabintech