९ असाेज २०७९, आईतबार
देउवाको जोड गठबन्धनमै
‘मलाई पनि माओवादीले गोली हानेका हुन्, पुराना कुरा सम्झेर हुन्छ?’

भने- गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ

  • मध्यमार्ग

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनमै जोड दिएका छन्। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले पुराना कुरा सम्झेर नहुने समेत बताए।

उनले पहिला गठबन्धन नगर्दा कांग्रेसका धेरै उम्मेदवारहरु हारेको स्मरण गराएका थिए। ‘मलाई पनि पहिले माओवादीले गोली हानेकै हुन् नि। पुराना कुरा सम्झेर हुन्छ? त्यसकारण गठबन्धन गरेर जानु पर्छ। जाऔँ’, देउवाको भनाइ थियो, ‘ए बाबा ! पहिला धेरै साथीहरू हारेका हैनन् र?’

देउवाले गठबन्धन गरियो भने सबैले जित्ने पनि बताएका छन्। ‘गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ। त्यसैले गठबन्धन नगरेर हुन्छ?’, देउवाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘गठबन्धन गरेर जाँदा हामी सबै जित्छौँ भन्या।’

देउवाले आफ्नो ‘आइडोलोजी’मा शंका नगर्न आग्रह गरेका थिए। उनले भने, ‘धेरै लडेको मान्छे हुँ, म अब पार्टी सभापति हुने होइन, अहिलेको अवस्था नि हेर्नु पर्‍यो नि।’

  • १४ चैत २०७८, सोमबार १५:२५ मा प्रकाशित
  • Nabintech