९ असाेज २०७९, आईतबार
लागुऔषध ब्राउन सुगरसहित कलंकीबाट तीन जना पक्राउ
  • मध्यमार्ग

प्रहरीको काठमाडौंको कलंकीबाट लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले ब्राउन सुगरसहित सामेबार बिहान उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा भारतको लखनउ भर भइ कलंकी बस्दै आएका १८ वर्षीय मोहमद गुफरान, भारत लखनउ नै  घर भइ कलंकी बस्ने १८ वर्षीय अह्यान अन्सारी र ललितपुर धोबीघाटका ३९ वर्षीय गणेश रजक छन्।

उनीहरुको साथबाट ४३ ग्राम ब्राउन सुगर, लागुऔषध जोख्न प्रयोग गरिने मेसिन, २ लाख ४५ हजार रुपैयाँ, ४ थान मोबाइल, मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ।

  • १४ चैत २०७८, सोमबार १४:५९ मा प्रकाशित
  • Nabintech