शेयर बजारमा निरन्तर ओरालो लाग्ने क्रम जारी छ ।
साताको दोस्रो दिन सोमबार एकै दिन ३०.४३ अंकले घटेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २५४१.८४ बिन्दुमा झरेको छ ।
आजको दिन कारोबार रकम पनि करिब साढे २ अर्बमा मात्रै सिमित भएको छ । विभिन्न कम्पनीका ४९ लाख ५८ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५४ करोड बराबरको कारोबार भएको छ ।
आजको दिनमा अधिकांश कम्पनीले गुमाएका छन् ।
१४ चैत २०७८, सोमबार १५:०९ मा प्रकाशित