१७ असाेज २०७९, सोमबार
प्रधानमन्त्री देउवा चैत १८ देखि तीन दिने भारत भ्रमणमा जाने
  • मध्यमार्ग

प्रधानमन्त्री शेरबहादुर देउवा यही चैत १८ देखि २० गतेसम्म भारतको ३ दिने भ्रमणमा जाने भएका छन् ।

देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा भारत जान लागेका हुन् ।

प्रधानमन्त्री देउवा सपत्नी तथा उच्चस्तरीय प्रतिनिधिमण्डलसहित भारत जान लागेका हुन् ।

प्रधानमन्त्री भएपछिको यो देउवाको पहिलो औपचारिक विदेश भ्रमण हो ।

भारत भ्रमणमा प्रधानमन्त्री देउवाले चैत १९ गते उपराष्ट्रपति र भारतीय समकक्षीसँग भेट गर्नेछन् भने भारतीय विदेशमन्त्री र राष्ट्रिय सुरक्षा एजेन्सीका प्रमुखसँग पनि भेटवार्ता गर्ने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री देउवा उत्तर प्रदेशको वरानसी पनि जाने भारतीय विदेश मन्त्रालयले आफ्नो विज्ञप्तिमार्फत जनाएको छ ।

  • १४ चैत २०७८, सोमबार १४:५२ मा प्रकाशित
  • Nabintech