९ असाेज २०७९, आईतबार
शिक्षामन्त्री पौडेलले मागे विश्वविद्यालय सुधारका योजना
  • मध्यमार्ग

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालय सुधारका योजना मागेका छन्। त्रिभुवन विश्विद्यालयका उपकुलपतिसहितको छलफलमा मन्त्री पौडेलले त्रिभुवन विश्वविद्यालय सुधारका योजना मागेका हुन्।

‘मन्त्रालयले विश्वविद्यालय सुधारका लागि योजना बनाइरहेको छ,’ मन्त्री पौडेलले भने, ‘देशका ८० प्रतिशत विद्यार्थी ओगटेको विश्वविद्यालयले नयाँ योजना दिनुुप¥यो हामी कार्यान्वयनको प्रक्रियामा लैजान्छौं।’

मन्त्री पौडेलले वार्षिक १ खर्बभन्दा बढी रकम मेडिकल शिक्षाका लागि विदेश गइरहेको बताउँदै काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयले त्यसलाई रोकेर नेपालमै विद्यार्थीलाई पढ्ने वातावरणको सृजना गर्नुपर्ने बताए।

‘काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयले मेडिकल कलेज पढ्ने विद्यार्थीको लागि सोच्नुपर्छ,’ मन्त्री पौडेलले भने,‘ काउन्सिलको परीक्षासहित अध्ययनको व्यवस्था यही गरौं विद्यार्थीले नेपालमै पढ्ने कुरामा हामीले खोलिदिनुपर्छ।’

मन्त्री पौडेलले कोष र गुणस्तरमा मन्त्रालयले हस्तक्षेप नगर्ने भन्दै विद्यार्थीलाई नेपालमै पढ्ने वातावरणको सृर्जना गरी त्यसका लागि मन्त्रालयले गाठो फुकाउनेमा प्रतिबद्धता व्यक्त गरे।

विश्विद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाले विश्वविद्यालयको भौतिक पूर्वाधार सुधार, प्रविधिमैत्री विश्वविद्यालय, अनुसन्धानलाई प्राथमिकता, शैक्षिक पात्रको व्यवस्था र त्यसको कडाइका साथ पालना गर्नुपर्ने विषयमा जानकारी गराए।

उनले परीक्षा प्रणालीमा व्यापक सुधार तथा विकेन्द्रीकरण, बजारमुखी, स्वरोजगारमुलक तथा देशको आवश्यकतानुसारको जनशक्ति उत्पादन, आंगिक तथा सम्बन्धनप्राप्त कलेजहरुको प्रभावकारी नियमन, उच्च शिक्षातर्फ अन्तर्राष्ट्रियकरण गर्दै लैजाने, सुशासनमा जोडलगायतका १५ सुत्रीय सुधार योजना सुनाए।

४० वर्षअघिका भौतिक संरचना २०७२ सालको भूकम्पले क्षति भएर रातो स्टिकर लगाइसेक पनि त्यहीँ बसेर विद्यार्थीहरुले अध्ययन गरिरहेको उनले बताए।

  • १२ माघ २०७८, बुधबार २०:४१ मा प्रकाशित
  • Nabintech