१७ असाेज २०७९, सोमबार
शिक्षा पत्रकार समूहको अध्यक्षमा मल्ल
  • मध्यमार्ग

शिक्षा पत्रकार समूहको नयाँ नेतृत्व चयन गरेको छ। ११औं अधिवेशनले कृष्ण मल्लको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

रुपन्देहीबाट प्रकाशन हुने बुटवल टुडे दैनिकका सम्पादक मल्ल विगत दुई दशक देखि पत्रकारितामा संलग्न छन्। अधिवेशनले निर्जला कक्षपतिलाई समूहको वरिष्ठ उपाध्यक्षमा चयन गरेको छ।

उपाध्यक्षमा निवर्तमान महासचिव तथा शिलापत्र डटकमका पत्रकार जनक नेपाल र महासचिवमा देखापढी डटकमका रोशन क्षेत्री गाउँले चयन भएका छन्। सचिवमा इकागज डटकमका विष्णु विश्वकर्मा र कोषाध्यक्ष अन्नपूर्ण पोष्ट दैनिककी ममता थापा चयन भएका छन्।

सदस्यहरूमा समूहका पूर्वअध्यक्ष हरि थापा, नवराज चालिसे, सबिना बानियाँ, राजकुमार बराल, राधा खनाल, दीपेन्द्रप्रसाद सिंह र अनिता श्रेष्ठ चयन भएका छन्।

  • ८ फागुन २०७८, आईतबार २०:३३ मा प्रकाशित
  • Nabintech