झापाको हल्दिबारी गाउँपालिका वडा नं. १ स्थित चिल्ड्रेन गार्डेन एकेडेमीका एक शिक्षकले आफ्नै १३ वर्षीया छात्रामाथि जबरजस्ती करणीको प्रयास गरेका छन् ।
विद्यालयमा पढाउने शिक्षक श्रीप्रसाद शिवाकोटीले कक्षा ७ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेका हुन् ।
प्रहरीले शिवाकोटीलाई पक्राउ गरेर झापा जिल्ला प्रहरी कार्यालयमा रोखेको बताइएको छ ।
अंग्रेजी र सामाजिक अध्यापन गराउने ति शिक्षकले छात्रामाथि शारीरिक र मानसिक यातना समेत दिएका छन् ।
शुक्रबार उनले छात्रालाई एकान्त स्थानमा बोलाएर गोप्य अंगमा छुने प्रयास गरेका थिए । छात्राले आफ्ना अभिभावकलाई घटनाबारे सुनाएपछि घटना बाहिर आएको हो ।
स्थानीय अभिभावक, जनप्रतिनिधिहरुले शिक्षकमाथि कडा कारावाहीको माग गरेका छन् ।
यसैबीच विभिन्न राजनीतिक दल तथा तिनका भातृसंगठनले घटनाको घोर भत्सना गर्दै विज्ञप्तिमार्फत कानुनी कारवाहीको माग गरेका छन् ।
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले घटनाको छानविन तथा दोषीलाई कारवाहीको जोडदार माग गरेको छ ।
काँग्रेस सम्वद्ध नेपाल विद्यार्थीले संघले पनि घटनाको विरोध गर्दै कारवाहीको माग गरेको छन् ।
त्यस्तै, उज्यालो गोलधाप बाल क्लब हल्दिबारीले पनि विज्ञप्ति जारी गर्दै घटनाप्रति खेद प्रकट गर्दै कारवाहीको माग गरेको छ ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि दोषीमाथि कारवाहीको माग गरेको छ ।


१२ चैत २०७८, शनिबार १८:१८ मा प्रकाशित