९ असाेज २०७९, आईतबार
रोहितले राखे नयाँ कीर्तिमान
  • मध्यमार्ग

नेपाली राष्ट्रिय क्रिकेट टोली रोहित कुमार पौड्यालले नयाँ कीर्तिमान कायम गरेका छन् ।

पौडेलले यसअघि पारस खड्काको नाममा रहेको कीर्तिमान तोडेका हुन् । पौडेलले पारसको नाममा एकदिवसीय अन्तर्राष्ट्रिय सर्वाधिक ११५ रन बनाउने खेलाडीको कीर्तिमान १२० रन बनाउँदै तोडेका छन् ।

पीएनजीविरुद्धको एकदिवसीय क्रिकेट सिरिज अन्तर्गत पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध उनी १२० रन बनाउँदै क्रिजमा छन् ।

त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको २९३ रनको लक्ष्य पछ्याएको नेपालका लागि रोहितले १२० रन बनाइ सकेका छन् ।

  • ११ चैत २०७८, शुक्रबार १८:२० मा प्रकाशित
  • Nabintech