१० मंसिर २०७९, शनिबार
एनआरएनएको चुनाव गर्ने बाटो खुल्यो
  • मध्यमार्ग

उच्च अदालत पाटनले अन्तरिम आदेश जारी नगरेपछि गैरआवासीय नेपाली संघ एनआरएनएको निर्वाचनको लागि बाटो खुलेको छ ।

शुक्रबार अदालतले निर्वाचन रोक्न माग गर्दै दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै निर्वाचनको बाटो खुलेको हो ।

चैत १० र ११ गते एनआरएनएको विश्व सम्मेलन तोकिएकोमा चैत २ गते उक्त सम्मेलन र आगामी नेतृत्वका लागि हुन लागेको निर्वाचन रोक्न माग गर्दै अन्तरिम आदेशको माग गरिएको थियो ।

शुक्रबार न्यायाधीशद्वय सुभाष पौडेल र नीलम पौडेलको संयुक्त इजलासले उक्त रिटमाथि अन्तरिम आदेश जारी नहुने आदेश दिएको हो ।

संघले आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन गर्न चैत १२ र १३ गते विश्व सम्मेलन तथा निर्वाचन गर्दैछ ।

  • ११ चैत २०७८, शुक्रबार १८:१५ मा प्रकाशित
  • Nabintech