९ असाेज २०७९, आईतबार
दोहोरी साँझमा महिलामाथि हातपात गरेको आरोपमा युवा संघका नेता पक्राउ
  • मध्यमार्ग

काठमाडौंको ठमेलस्थित एक दोहोरी साँझमा महिलामाथि हातपात गरेको आरोपमा नेकपा एमाले निकट युवा संघका नेता वकिल बम पक्राउ परेका छन्।

पक्राउ परेका बमविरुद्ध अभद्र व्यवहारको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले जनाएको छ।

युवा संघका स्थायी समिति सदस्य एवं एमाले कालीकोटका जिल्ला कमिटी सदस्य बमले एक दोहोरी साँझकी गायिकामाथि हातपात गरेको आरोप लागेको छ। सिसी टिभी फुटेजमा समेत बमले महिलामाथि हातपात गरेको देखिएको प्रहरीको भनाइ छ।

राति दोहोरी साँझ बन्द हुने बेलामा समेत बमले गीत गाउन लगाएको र नमान्दा विवाद भएपछि हातपातमा उत्रिएको प्रहरीले जनाएको छ। उक्त दोहोरी साँझ बमकै भएको पाइएको छ।

  • ११ चैत २०७८, शुक्रबार १६:४८ मा प्रकाशित
  • Nabintech