युवा ब्याटर रोहितकुमार पौडेलले पपुवा न्यू गिनीसँगको पहिलो ओडीआई खेलमा कीर्तिमानी शतक पूरा गरेका छन्।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा पपुवा न्यू गिनीविरुद्धको ओडीआई खेलमा रोहितले ९१ बलमा ७ चौका र २ छक्कासहित शतक पूरा गरेका हुन्।
ओडीआईमा शतक पूरा गर्ने उनी दोस्रो नेपाली खेलाडी हुन्। यसअघि यो उपलब्धी पूर्वकप्तान पारस खड्काले मात्रै हासिल सकेका थिए।

सन् २०१९ मा युएईविरुद्धको एकदिवसीय सिरिजअन्तर्गत तेस्रो खेलमा शतक बनाउँदै पारसले ऐतिहासिक उपलब्धि हाँसिल गरेका थिए।
शतक बनाउने क्रममा पारसले १३ चौका र १ छक्का प्रहार गरेका थिए।
११ चैत २०७८, शुक्रबार १६:३८ मा प्रकाशित