नेकपा एमालेले कर्णाली केन्द्रीत कार्यक्रम गर्ने भएको छ ।
यही क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले कर्णालीका विकट क्षेत्रका कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।
अध्यक्ष ओलीले दुई साताका बीचमा जुम्ला, कालिकोट र हुम्लाका दुईवटा गरी चारवटा आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।
चैत १७ गते जुम्लाको सिँजा उपत्यकामा नेपाली काँग्रेस र नेकपा माओवादी विप्लवसहितका नेताहरु एमाले प्रवेश गर्ने कार्यक्रम रहेको छ ।
त्यही दिन कालीकोटको सदरमुकाम मान्मामा पनि पार्टी प्रवेशसहित चुनावी आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् ।
त्यस्तै, वैशाख ४ गते अध्यक्ष ओलीले कर्णालीको विकट हिमाली जिल्ला हुम्लाका दुईवटा कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।
अध्यक्ष ओलीले हुम्लाको सदुरमुकाम सिमिकोट र अदानचुली गाउँपालिकामा आयोजना हुने जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले हुम्लाले जनाएको छ ।
११ चैत २०७८, शुक्रबार १४:२६ मा प्रकाशित