अभिनेता पल शाहविरुद्धको नाबालिग गायिकालाई जर्बजस्ती करणी गरेको अभियोगको मुद्दामा थुनछेक बहस सकिएको छ ।
बहस सकिएसँगै आजै थुनछेकको आदेश आउने अदालतले जनाएको छ ।
पीडित पक्षको तर्फबाट सरकारी वकिलसहित नौ जना कानुन व्यवसायीले बहस गरेका थिए । प्रतिवादीका तर्फबाट ११ जनाले बहस गरेका थिए ।
बुधबारदेखि जिल्ला न्यायाधीश हरिषचन्द्र ढुंगानाको बन्द इजालसमा बहस सुरु भएको थियो ।
१० चैत २०७८, बिहीबार १८:२२ मा प्रकाशित