१७ असाेज २०७९, सोमबार
एमालेद्वारा घोषणापत्र बनाउन कार्यदल गठन
  • मध्यमार्ग

 

नेकपा एमालेले स्थानीय तह निर्वाचनका लागि कार्यदल गठन गरेको छ ।

बिहीबार बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले वरिष्ठ उपमाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा कार्यदल गठन गरेको हो ।

कार्यदलमा उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिपव प्रदीप ज्ञवाली र विष्णु रिमाल, पोलिटब्यूरो सदस्य देवेन्द्र दाहाल, प्रभु साहका साथै मनोजजंग थापा, पूर्वअर्थमन्त्री युजराज खतिवडा, प्रभा बराल, दिनेशचन्द्र देवकोटा र सुशील ज्ञवाली छन् ।

एमालेले स्थानीय निर्वाचनका लागि चैत मसान्तभित्रमा उम्मेदवार सिफारिस गरिसक्न निर्देशन दिएको छ । त्यस्तै, निर्वानको मापदण्ड पनि पारित गरेको छ ।

  • १० चैत २०७८, बिहीबार १७:४३ मा प्रकाशित
  • Nabintech