
साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ अंकले घटेको छ ।
आजको दिनमा १६.७९ ले घटेर नेप्से २६१३.६७ बिन्दुमा झरेको छ । कारोबार रकम भने केही बढेको छ ।
आजको दिनमा अधिकांश कम्पनीले गुमाएका छन् । विभिन्न कम्पनीका ५२ लाख ९८ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २४ करोड बढीको कारोबार भएको छ ।
१० चैत २०७८, बिहीबार १५:२३ मा प्रकाशित