९ असाेज २०७९, आईतबार
नयाँ वर्षको उपलक्ष्यमा टीभीएसको ‘आयो, पायो, पर्‍यो, सोर्‍यो’ योजना
  • मध्यमार्ग

जगदम्बा मोटर्सले यो नयाँ वर्षमा पनि आकर्षक योजना ल्याएको छ।

कम्पनीले ‘आयो, पायो, पर्‍यो, सोर्‍यो’ नामक नयाँ योजना ल्याएको हो। स्कुटर तथा मोटरसाइकल नकिने पनि टीभीएस नेपालको सामाजिक सञ्जालमा भाग लिएर हरेक हप्ता  ५० हजार जित्ने मौका योजनामा मिल्ने कम्पनीले जनाएको छ।

टीभीएसको स्कुटर तथा मोटरसाइकलको खरिदमा ग्राहकले १ लाख सम्मको भारी छुट पाउनुका साथै बम्परमा किने पनि नकिने पनि टीभीएस नेपालको सामाजिक सञ्जालमा भाग लिएर ३ जना भाग्यशाली विजेताले अपाचे आरआर ३१० जित्ने मैका पाउँनेछन्।

कम्पनीका अनुसार हरेक खरिदमा ग्राहकले शून्य प्रतिशत ब्याजदर र एक्सचेन्जमा मासिक ५ हजार ९९९ रुपैयाँ तिर्नेगरी टीभीएस चढ्न पाउनेछन्।

टीभीएसले हरेक मोडेलमा ५ वर्षको वारेन्टीका साथै बिक्री पछि जेन्युन पार्टसको सुविधा दिँदै आएको छ। हाल एनटर्क, अपाचे सिरिज र रेडरले राम्रो छाप पार्न सफल भएका कम्पनीले जनाएको छ।

जगदम्बा मोटर्सका सीईओ दीपक अग्रवालले टीभीएसलाई नेपाली ग्राहकले रुचाएको र अहिले बजारमा माग बढेको बताए।

  • १० चैत २०७८, बिहीबार १५:१४ मा प्रकाशित
  • Nabintech