९ असाेज २०७९, आईतबार
कार अफ द इयर- २०२२ का सबै शीर्ष फाइनलिस्टहरू इलेक्ट्रिक
  • मध्यमार्ग

वर्ल्ड कार अवार्डका आयोजकहरूले चाँडै नै तीन फाइनलिस्टहरूमध्ये एउटालाई विश्व प्रसिद्ध वर्ल्ड कार अफ द इयर-२०२२ को उपाधि पहिराउने छन्।

डब्लुसीओटीवाई भनिने यो अवार्डमा यसपाली इतिहासमै पहिलो पटक, तीनवटै फाइनलिस्टहरू इलेक्ट्रिक कारहरू रहेका छन्।

सन् २०२२ को वर्ल्ड कार अवार्डको फाइनलमा फोर्ड मुस्ताङ मार्च–इ, हुन्डाइ आयोनिक–५ र किया इभी ६ परेका छन्।

आयोजकले अप्रिल १३ मा हुने न्युयोर्क इन्टरनेसनल अटो शोमा यी तीन विद्युतीय कारहरूमध्ये एउटालाई विजेता घोषणा गर्नेछन्।

उक्त समारोहमा वर्ल्ड लक्जरी कार, वर्ल्ड परफमेन्स कार र वर्ल्ड इलेक्ट्रिक भेहिकल अफ द इयर लगायतका समूहगत विधाहरूमा पनि पुरस्कार वितरण गरिनेछ।

इलेक्ट्रिक कारहरूको लागि छुट्टै श्रेणी रहेता पनि कार अफ द इयरमा तीनओटै फाइनलिस्टहरू इभी हुनुलाई उत्सुकताका साथ हेरिएको छ।

कार अफ द इयरको तीनओटै फाइनलिस्ट इभी रहे पनि हुन्डाइको आयोनिक ५ बाहेक अन्य कार इलेक्ट्रिक कारहरूको श्रेणीमा भने परेनन्।

यी दुवै श्रेणीमा फाइनलमा पुग्नुका साथै वर्ल्ड कार डिजाइन अवार्डको पनि फाइनलमा पुगेको हुनाले सन् २०२२ मा हुन्डाइ आयोनिक ५ ले कुनै न कुनै अवार्ड पाउने निश्चित जस्तै छ।

विभिन्न ३३ देशका १०२ अटोमोटिभ पत्रकारहरूको निर्णायक मण्डलद्वारा कारहरू छनोट  गरिन्छ।

  • १० चैत २०७८, बिहीबार १५:१० मा प्रकाशित
  • Nabintech