२० असाेज २०७९, बिहीबार
एमाले केन्द्रीय कमिटी बैठक आज पनि, ओलीको प्रतिवेदनमाथि छलफल हुने
  • मध्यमार्ग

नेकपा (एमाले) को केन्द्रीय कमिटीको तेस्रो बैठक आज पनि जारी हुने भएको छ। बैठक बिहान ११ बजे बबरमहलस्थित कार्की ब्यांकेटमा बस्नेछ। बैठक बुधबारदेखि जारी छ।

बैठका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने प्रदेश अध्यक्षहरूले प्रदेशको अवस्था रिपोर्टिङ गरेका थिए। बुधबार प्रस्तुत भएका प्रतिवेदनमाथि आज छलफल हुने केन्द्रीय सदस्य निरज आचार्यलले बताए।

स्थानीय तहको आसन्न निर्वाचनका लागि पार्टीको तयारीलगायत विषयमा छलफल गर्न बोलाइएको बैठकमा अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदन पेस गरेका थिए।

बैठकमा चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्डलगायत ११ कार्यसूची छन्। रिपोर्टिङका क्रममा नेताहरूले मधेश प्रदेश बाहेक बाँकी सबै प्रदेशमा पहिलो पार्टी बन्ने प्रक्षेपण गरेका छन्।

  • १० चैत २०७८, बिहीबार ०९:११ मा प्रकाशित
  • Nabintech