९ असाेज २०७९, आईतबार
चितवनमा कृषि सम्बन्धी अन्तर्राष्ट्रिय प्रर्दशनी

स्वदेशी तथा विदेशी कम्पनीका १५० भन्दा बढी स्टल राखिने

  • मध्यमार्ग

कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस्‌ले यसवर्ष पनि कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनी गर्ने भएको छ।

यही फागुन १३, १४ र १५ गते गर्ने चितवनको चितवन प्रदर्शनी केन्द्र, भरतपुर प्रदर्शनी आयोजना हुने भएको हो। प्रर्दशनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहने बताइएको छ।

उक्त प्रर्दशनीमा कृषिका विभिन्न विधाहरु जस्तै; कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैंसी पालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिंचाई, र बिषादीरहित कृषिका बारेमा तालिम एवं गोष्ठी समेत सञ्चालन हुनेछन्।

प्रर्दशनीमा देशभरीबाट बढीभन्दा बढी उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत आम कृषकहरुले आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने आयोजकको विश्वास छ।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्‍याउने साना साना औजार, मेशिनदेखि लिएर डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने ठूला–ठूला उपकरणहरुको प्रदर्शनी लगायत डेमो पनि गरिने तथा नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पुर्‍याउन यो प्रदर्शनी कोशेढुंगा सावित हुने आयोजक कम्पनीको विश्वास छ।

प्रर्दशनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्वारा कृषि उत्पादन बृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको छ।

  • १३ फागुन २०७८, शुक्रबार २०:०५ मा प्रकाशित
  • Nabintech