९ असाेज २०७९, आईतबार
किन हुँदैछ देशभरका यातायात कार्यालयका सबै सेवा बन्द ?
  • मध्यमार्ग

देशभरका यातायात कार्यालयहरुबाट दिने सबै सेवा अनिश्चतकालका लागि बन्द हुने भएको छ ।

यातायात व्यवस्था विभागले सर्भरहरुमा विद्युतीय समस्या देखिएको भन्दै वुधबार अपरान्ह ५ बजेदेखि सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

विभागका प्रवक्ता लोकनाथ भुसालले एक सूचना जारी गर्दै यस्तो जनाएका हुन् । ‘समस्या समाधान नभएसम्मका लागि सबै सेवा अवरुद्ध हुने जानकारीका लागि अनुरोध छ’, सूचनामा भनिएको छ ।

यसअघि विभागले लाइसेन्सका लागि नयाँ आवेदन लिन बन्द गरेको थियो भने अब सवारी दर्ता, नामसारी, नवीकरण र कर भुक्तानीसहितका सबै सेवा बन्द हुनेछन् ।

  • ९ चैत २०७८, बुधबार १४:४० मा प्रकाशित
  • Nabintech