९ असाेज २०७९, आईतबार
प्रहरीका २५ डीएसपीको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]
  • मध्यमार्ग

नेपाल प्रहरीका २५ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको काज सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा आवश्यकताका आधारमा डीएसपीहरुलाई तोकिएको क्षेत्रमा खटिएर काम गर्न निर्देशन दिइएको छ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा कार्यरत डीएपी अंगुर जिसीलाई प्रहरी परिसर ललितपुर सरुवा गरिएको छ। केही जिल्लाका प्रमुखहरू पनि फेरिएका छन्।

जाजरकोटका प्रहरी प्रमुख डीएसपी मधुकुमार थापाको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा सरुवा भएको छ। ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी बाल नरसिंह राणाको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको कार्य शाखामा सरुवा भएको छ।

जाजरकोटमा सन्तोष निरौला र ताप्लेजुङमा कैलाश राईलाई पठाएको छ। यस्तै, म्याग्दीमा तिलक भारती, ओखलढुंगामा सुकदेव खनाल, रुकुम पश्चिमा विष्णु प्रसाद सोती, मनाङमा प्रेम सागर केसी, दार्चुलामा प्रतिक विष्ट र हु्म्लामा कृष्णराज ओझा जिल्ला इन्चार्जका रुपमा खटाइएका छन्।

हेर्नुहोस्, को कहाँ पुगे?

  • ९ चैत २०७८, बुधबार १०:०८ मा प्रकाशित
  • Nabintech