१७ असाेज २०७९, सोमबार
नेपालमा सार्वजनिक भएको एक वर्षमै १५ सय निसान म्याग्नाइट बिक्री
  • मध्यमार्ग

नेपाली बजारमा सार्वजनिक भएको एक वर्षमै निसानको म्याग्नाइट गाडी १ हजार ४९९ युनिट बिक्री भएका छन्।

नेपालका लागि निसान र ड्याटसनको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले गत फेब्रुअरी २२, २०२१ मा निसान म्याग्नाइट नेपाली बजारमा सार्वजनिक गरेको थियो।

हालसम्म यो गाडी २ हजार २२६ वटा बुकिङ भइसकेको छ। एक वर्षको छोटो समयावधिमा नै यो ‘बिग, बोल्ड, ब्यूटिफुल’ एसयूभीलाई नेपाली बजारमा अत्यधिक रुचाइएको कम्पनीको दाबी छ।

यसका साथै निसान म्यागनाइटले ‘कम्प्याक्ट एसयूभी अफ द इयर’, टप गियर अवार्डस् २०२१, ‘ड भ्यालू फर मनि कार अफ द इयर’को अटोकार अवार्डस् ‘अटोमोबाइल ग्याजेट अफ द इयर’ र कार एण्ड बाइक्स् २०२१ को बिजेता हुनुका साथै सुरक्षामा ग्लोबल एनक्याप चार स्टार रेटिङ हासिल गरेको कम्पनीले जनाएको छ।

  • १४ फागुन २०७८, शनिबार १९:४४ मा प्रकाशित
  • Nabintech