कपिलवस्तुमा प्रतिनिधिसभा सदस्य एवम् चर्चित नेता बृजेशकुमार गुप्तासहित सत्ता गठबन्धनका केन्द्र, प्रदेश र जिल्लाका ८ हजार बढी नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।
चैत १४ गते एक विशेष समारोहमा अध्यक्ष केपी शर्मा ओलीले कपिलवस्तुमा उनीहरुलाई एमालेमा स्वागत गर्ने कार्यक्रम रहेको छ ।
यसअघि समाजसेवी मंगलप्रसाद गुप्तासहित ४ हजार बढीलाई अध्यक्ष ओलीले एमालेमा प्रवेश गराइसकेका छन् ।
यस पटकको कार्यक्रममा एमाले कपिलवस्तुुले ३० हजार बढीको सहभागीता गराउने भएको छ ।
तौलिहवामा हुने पार्टी प्रबेश कार्यक्रममा अत्याधिक जनसहभागिता दक्षिणी भेगकै हुनेगरी योजना बनाइएको एमालेले जनाएको छ ।
एमालले यो चुनावी सभाको सन्देशले कपिलवस्तुका १० वटै तहमा यसपाली जित्ने आँकलन गरेको छ ।
८ चैत २०७८, मंगलबार १९:१५ मा प्रकाशित