क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले पपुवा न्यूगिनी(पीएनजी)विरुद्ध रोमाञ्चक जीत हासिल गरेको छ ।
मंगलबार दुबईमा भएको खेलमा नेपालले पीएनजीलाई ७ विकेटले हराएको हो ।
नेपालले पपुवा न्युगिनीले दिएको १७४ रनको लक्ष्य ३७ ओभरमा ३ विकेट गुमाएर भेट्टाएको थियो ।
नेपालका लागि आरिफ शेखले ५९ रन र कुशल भुर्तेलले ५० रन हासिल गरेका थिए । रोहित पौडेल पनि ४४ रनमा नट आउट भए ।
८ चैत २०७८, मंगलबार १७:५९ मा प्रकाशित