९ असाेज २०७९, आईतबार
नेपाल टी-२० लिग आयोजनाको जिम्मा भारतीय कम्पनी थ्री स्पोर्टसलाई नै दिने क्यानको निर्णय
  • मध्यमार्ग

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले  भारतीय कम्पनीलाई नै नेपाल टी-२० लिग आयोजना गर्न दिने निर्णय गरेको छ।

शनिबार कैलालीको धनगढीमा भएको क्यानको साधारण सभाले टी-२० लिग सञ्चालन गर्न सेभेन थ्री स्पोर्टसलाई नै दिने निर्णय गरेको हो।

क्यानले गत वर्ष १० वर्षसम्म नेपाल टी-२० लिग गर्न भारतको सेभेन थ्री स्पोर्टससँग ४२ करोड रुपैयाँको प्रारम्भिक सम्झौता गरेको थियो।

तर, विवादमा परेपछि गत असोज २० र २१ बसेको क्यान कार्यसमितिको बैठकले उक्त सम्झौता रद्द गरेको थियो। यद्यपि, शनिबार बसेको बोर्ड बैठकले उक्त निर्णयलाई संशोधन गर्दै लिग सञ्चालन गर्ने जिम्मेवारी सेभेन थ्री स्पोर्टसलाई नै दिएको हो।

  • १४ फागुन २०७८, शनिबार १९:३९ मा प्रकाशित
  • Nabintech