१७ असाेज २०७९, सोमबार
जग्गा प्रकरणमा २ करोड ५६ लाख ठगी गर्ने एक महिला पक्राउ
  • मध्यमार्ग

ठगी तथा आपराधिक बिश्वासघात कसूरमा संलग्न रहेको अभियोगमा काठमाडौँ महानगरपालिका–१६ घर भएकी ५४ वर्षीया बिमला श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

पीडितको नवलपरासी जिल्लास्थित जग्गा÷जमिन खण्डीकरण र बिक्री गरी सो बापत प्राप्त प्रतिफल बाडफाँड गर्ने लगायतको झुक्यानमा पारी जग्गा लिई पीडितलाई दिनुपर्ने नगद २ करोड ५६ लाख रूपैयाँ नदिई फरार रहेकी उनलाई महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१६ बालाजुबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पठाइएको उक्त परिसरले जनाएको छ ।

  • ८ चैत २०७८, मंगलबार १३:०१ मा प्रकाशित
  • Nabintech