भारतको उत्तराखण्डमा भारतीय जनता पार्टीले कामचलाउ मुख्यमन्त्री धामीलाई विधानसभा दलको नेता चुनेको छ ।
भाजपाको देहरादुनमा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
योसँगै धामी मुख्यमन्त्रीमा दोहोरिने निश्चित भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उनी हालै सम्पन्न विधानसभा निर्वाचनमा पराजित भएका थिए । तर मुख्यमन्त्री भएको ६ महिनामै राज्यमा अलग छाप छोडेको भन्दै पार्टीको शीर्ष नेतृत्व धामीलाई नै जिम्मेवारी दिने निर्णय गरेको हो । उनका लागि धेरै विधायक सिट छोड्न पनि तयार देखिएका छन् ।
उनले ६ महिनामा मुख्यमन्त्री बनेर सानदार काम गरेको भन्दै पार्टीले पुनः उनले नै मुख्यमन्त्री बनेर विकास गर्ने जनाएको छ ।
७ चैत २०७८, सोमबार २२:५४ मा प्रकाशित