गैरआवासीय नेपाली संघ (एनआरए) को १० र ११ चैतमा हुने निर्वाचन कार्यक्रम रोक्न अदालतले आदेश जारी गरेको छ ।
उच्च अदालत पाटनका न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको इजलासले निर्वाचन कार्यक्रम नगर्नु नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
एनआरएनएको चुनाव रोक्न माग गर्दै परेको रिटमा अदालतले यस्तो आदेश दिएको हो ।
यसबारे छलफल गर्न अदालतले चैत ९ मा दुवै पक्षलाई बोलाएको छ ।
७ चैत २०७८, सोमबार १५:३५ मा प्रकाशित