९ असाेज २०७९, आईतबार
मलद्वारमा लुकाएर ल्याएको एक किलो बढी सुनसहित भारतीय नागरिक पक्राउ
  • मध्यमार्ग

दुबईबाट काठमाडौँ आएका एक भारतीय नागरिकलाई एक किलो बढी सुनसहित पक्राउ गरिएको छ ।

विशेष सूचनाको चैत ६ गते नेपाल एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौँ आएका भारतीय नागरिक वर्ष ३८ शुभम मेहराले मलद्वारमा लुकाएको अवस्थामा एक किलो २६८ ग्राम सुनसहित प्रहरीले पक्राउ गरेको हो ।

मेहराको गतिविधि शंकास्पद देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिई विमानस्थलको सुरक्षा कार्यालयले उनलाई शौच गर्न लगाउँदा निजको मलद्वारबाट हरियो रंगको टेपले बेरिएको सेतो रंगको प्लास्टिक भित्र बेलनाकार बनाइएको अर्धठोस सुनको पोका दुई थान बरामद भएको हो ।

प्रहरीका अनुसार अन्दाजी.१ करोड ८ लाख ४९ हजार ६४२ बराबरको सुन भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला परेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ ।

  • ७ चैत २०७८, सोमबार १५:०२ मा प्रकाशित
  • Nabintech