नाबालिकामाथि बलात्कार गरेको अरोपमा प्रहरीले अभिनेता पल शाहविरुद्धको अनुसन्धान सकेको छ ।
अनुसन्धानपछि प्रहरीले रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँमा बुझाएको छ ।
शाहविरुद्ध प्रहरीले २१ दिन अनुसन्धान गरेको थियो । यसअघि जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीले पनि शाहविरुद्ध गरेको अनुसन्धान सकेर अदालतमा मुद्दा दायर गरिसकेको छ ।
७ चैत २०७८, सोमबार १४:३९ मा प्रकाशित