मोरङको लेटाङमा विद्यार्थीमाथि करणी गरेको अभियोगमा शिक्षकलाई पक्राउ जाँदा प्रहरीमाथि आक्रमण भएको छ ।
आइतबार लेटाङ नगरपालिका– ५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेललाई पक्राउ गर्न गएको प्रहरीको टोलीमाथि आक्रमण भएको हो ।
स्थानीयका अनुसार शिक्षक पौडेलले कक्षा ७ मा अध्ययनरत छात्रालाई घरमै लगेर करणीको प्रयास गरेका थिए । स्कुल आइतबार दिउँसोभर तनावग्रस्त बनेको थियो ।
आक्रोशित भीडले प्रहरीमाथि नै आक्रमण गर्दा एक जना महिला प्रहरी गम्भीर घाइते भएकी छन् ।
शिक्षकलाई प्रहरी कार्यालय लगिएको र थप प्रहरी परिचालन गरिएको जनाइएको छ ।
६ चैत २०७८, आईतबार २३:०२ मा प्रकाशित