१७ असाेज २०७९, सोमबार
राष्ट्रिय स्वास्थ्यकर्मी संघको महाधिवेशन चैत अन्तिम साता काठमाडौंमा हुने
  • मध्यमार्ग

काठमाडौं- नेकपा एमालेनिकट स्वास्थ्यकर्मीहरुको संगठन राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको चौंथो राष्ट्रिय महाधिवेशन आगामी चैत अन्तिम साता काठमाडौंमा हुने भएको छ। शुक्रबार काठमाडौंमा भएको संघको केन्द्रीय समितिको बैठकले आगामी चैत २५ देखि २७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो।

संघका केन्द्रीय सचिव हिमालय तिवारीका अनुसार बैठकले महाधिवेशन तयारीका लागि विभिन्न समिति समेत तोकेको छ। शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरको हलमा भएको बैठकमा नेकपा एमालेका सचिव एवं स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराई, जनसंगठन समन्वय विभाग प्रमुख एवं पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाल, उपप्रमुख रचना खड्का लगायतको उपस्थिति थियो।

संघको चौंथो महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ। संघको तेस्रो अधिवेसनबाट भक्तिमान शुब्बा अध्यक्ष चुनिएका थिए। तर, नेकपा एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी पार्टी बनेसँगै शुब्बा एमाले छाडेर समाजवादीतर्फ लागेपछि संघका उपाध्यक्ष रामबहादुर चन्दले कार्याबहाक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन्।

  • १३ फागुन २०७८, शुक्रबार ०७:५८ मा प्रकाशित
  • Nabintech