१७ असाेज २०७९, सोमबार
बैतडीमा ट्रयाक्टर दुर्घटना, चालकको मृत्यु
  • मध्यमार्ग

बैतडीमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुने ट्रयाक्टर चालक बर्दिया ठाकुरद्वारा नगरपालिका–५ का ३२ वर्षीय अर्जुन थारू छन् रहेका छन्।

गएराति बालुवा बोकेर मौराबाट फर्किरहेको सुपप्र०१००२त ५५९८ नम्बरको ट्रयाक्टर साढे ८ बजेतिर दशरथचन्द नगरपालिका–१० बाराकोटको भाटाला भन्ने ठाउँमा दुर्घटनामा परेको थियो।

दुर्घटना घाइते भएका थारूको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बैतडीले प्रहरीले जनाएको छ।

  • ६ चैत २०७८, आईतबार ०८:२५ मा प्रकाशित
  • Nabintech