चीनले आफ्ना एक अर्ब २४ करोड नागरिकलाई कोरोनाभाइरस विरुद्धको पूर्ण खोप लगाएको जनाएको छ।
चिनियाँ स्वास्थ्य अधिकारीहरूका अनुसार शुक्रबारसम्म यो उक्त संख्याका नागरिकलाई कोरोनाविरुद्धको खोप दिइएको हो।
राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मि फेङले तीमध्ये कूल ६४ करोड ९० लाखले अतिरिक्त खोप नै लगाएको जानकारी दिए।
उनका अनुसार ६० बर्षभन्दा बढी उमेरका ८० प्रतिशतभन्दा बढीले पूर्ण खोप लगाएका छन्। चीनमा सन् २०२१ को अन्त्य सम्ममा एक अर्ब ४१ करोड जनसंख्या रहेको देखाइएको थियो।
कोरोनाबाट हुने मृत्यु घटाउन अतिरिक्त खोप निकै उपयोगी भएको फेङले बताए।
६ चैत २०७८, आईतबार ०८:१५ मा प्रकाशित